पोखरा । पोखरा महानगरपालिका वडा नं ८ पृथ्वीचोकस्थित दीर्घायु हस्पिटल प्रालिले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
यही माघ १२ गते शनिबारका दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुनेछ ।
शिविरमा विशेषगरी महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ हुनेछ । सोही अवसरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी भ्याक्सिनको जानकारी गराउनुका साथै सचेतनासमेत गराइने अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले जानकारी दिए ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वारा चेकजाँच हुने भएकाले शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन उनले आग्रह गरे ।
शिविरमा सहभागी हुने बिरामीका लागि चिकित्सककाे परामर्श निःशुल्क हुनेछ । साथै भिडियाे एक्स-रेमा ३० प्रतिशत छुटसमेत पाउने अस्पतालका प्रशासकीय अधिकृत शालिकराम गाैतमले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको क्यान्सरसम्बन्धी विशेष जाँचमा समेत २० प्रतिशत छुट हुनेछ ।






