• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरास्थित जनप्रिय माविको ५६औं वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
January 24, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ सिमलचौरस्थित जनप्रिय माविको सिमलचौरको ५६औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार भएको छ ।

कार्यक्रम उद्घाटन तथा विद्यालयको शैक्षिक दर्पण लोकार्पण गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विद्यालयले दिएको शिक्षा, संस्कार र प्राप्त गरेको उत्कृष्टतामा विद्यार्थीको लगनशीलता तथा शिक्षक अभिभावकको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बराल, जनप्रिय क्याम्पसका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, विद्यालयका पूर्व अध्यक्ष शोभियतबहादुर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष होमनाथ सिग्देल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष केशवबहादुर थापा, अभिभावक गीताञ्जली थापा क्षत्री, सर्वोत्कृष्ट विद्यार्थी दिवस थापा, सम्मानित लोकेन्द्र सार्कीलगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयको वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो ।

यस्तै उच्च शिक्षामा उत्कृष्टता हासिल गरेका तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्व विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा मणिपाल शिक्षण कलेजका रविशंकर वैठा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएसका लोकेन्द्र सार्की, थापाथली क्याम्पसमा आईओईका सर्वेन्द्र वैठा, हेटौडामा आइओएफका छात्रा स्वीकृति भट्ट तथा पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ गर्ने निखिलकुमार चौधरी हुन् । सम्मानित पाँचैजनाले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमबीच दीर्घसेवाबाट धीरज थापा, कुन्तादेवी शर्मा, गायत्री सिग्देल र गोसाइचन्द्र गिरीलाई सम्मान गरिएको थियो ।

यसैगरी, उत्कृष्ट कार्य गरेकामा ऋषिराम अधिकारी, पदमप्रसाद सुवेदी, विष्णुहरि त्रिपाठी, शान्ति बराल, दमन्ता गिरी, राजेश दर्जी र तारानाथ आचार्य सम्मानित भए । साथै २५ जना विषय शिक्षकलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य ईश्वरीप्रसाद सुवेदीले स्वागत तथा सहायक प्रधानाध्यापक ऋषिराम अधिकारीले संचालन गरेका थिए ।

कार्यक्रममा छात्रछात्राहरुबाट शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयको वार्षिकोत्सव अवसरमा बिहीबार बिहान रक्तदान कार्यक्रमसमेत भयो ।

Previous Post

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Next Post

पोखरामा भूकम्पको धक्का

Next Post

पोखरामा भूकम्पको धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन