गोरखा । गोरखामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका वडा नं ४ का ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ ।
लामिछाने आफ्नै घर पछाडिको बरको रुखको हाँगा काट्ने क्रममा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






