आजको पञ्चाङ्ग
मिति २०८१ माघ १३ गते आइतबार, इस्वीसंवत जनवरी २६ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको द्धादशी तिथि साँझमा ७ः२५ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा बिहानमा ७ः१३ मिनेटसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात ५० घटि ३३ पलासम्म त्यसपछि व्यतिपात लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।
सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक राशिमा ७ घटि १३ पलासम्म त्यसपछि धनु राशिमा प्रवेश गर्नेछन् । आज दिनमान २६ घटि ४८ पला अर्थात १० घण्टा ४६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः१० बजे र अस्ताउने समय भोलि दिनमा २ः२० बजे रहेको छ । आज विश्व कुष्टरोग दिवस र अन्तरराष्ट्रिय भन्सार दिवस रहेको छ ।
आजको राशिफल
मेष : आज पनि समय खराब रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ । खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ । साथी भाइ इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइँको अनुयायीहरु बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ । आर्थिक कारोबार सन्तोषजनक रहनेछ, आजका लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै कामको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।
मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ । प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ । आज पश्चिमतर्फको यात्रा नगर्नुहोला । आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम शुरुवात गर्नु पूर्व ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ ।
कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।
सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ । हतियार बात लाग्न सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडि बढे उत्तम हुनेछ ।
कन्या : आज समय अत्यन्तै शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ । खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकरावको स्थिति आउन सक्छ । धनमाल हराउन सक्छ चनाखो रहनु होला । आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे र यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।
तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होशियार रहनुहोला ।
कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।
मीन : आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाव घट्दो क्रममा रहनेछ । अत्यावश्यक यात्रा गर्नुपरेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व ॐ मृत्युन्जयाय नमः योमन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।
साहित (यात्रा): सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले आज पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५५ बजेदेखि ८ः१५ बजेसम्म उद्धेग बेला
बिहान ८ः१५ बजेदेखि ९ः३४ बजेसम्म चर बेला
बिहान ९ः३४ बजेदेखि १०ः५४ बजेसम्म लाभ बेला
बिहान १०ः५४ बजेदेखि १२ः१२ बजेसम्म अमृत बेला
दिनमा १२ः१२ बजेदेखि १ः३४ बजेसम्म काल बेला
दिनमा १ः३४ बजेदेखि २ः५३ बजेसम्म शुभ बेला
दिनमा २ः५३ बजेदेखि ४ः१३ बजेसम्म रोग बेला
दिनमा ४ः१३ बजेदेखि ५ः३३ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः३३ बजेदेखि ७ः१३ बजेसम्म चर बेला
साँझ७ः१३ बजेदेखि ८ः५३ बजेसम्म लाभ बेला
राति ८ः५३ बजेदेखि १०ः३४ बजेसम्म अमृत बेला
राति १०ः३४ बजेदेखि १२ः१४ बजेसम्म काल बेला
राति १२ः१४ बजेदेखि १ः५४ बजेसम्म शुभ बेला
राति १ः५४ बजेदेखि ३ः३४ बजेसम्म रोग बेला
रातिमा ३ः३४ बजेदेखि ०५ः१४ बजेसम्म उद्धेग बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५५ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४ः३० देखि साँझमा ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।






