• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेकसाइडकी शिशालाई मिस तामाङको ताज

नीतिप्रेस by नीतिप्रेस
January 26, 2025
in गण्डकी प्रदेश, मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मिस तामाङ पोखराको उपाधि लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतिस्पर्धामा १० प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेन्डली सबटाइटलसहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।

प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट पाँच प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ उनले बाजी मारेकी हुन् ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवलसहित फस्र्ट रनरअप आकृति थिङ तामाङ बनिन् ।

सोनिका मोक्तानले मिस पपुलरसहित सेकेन्ड रनर अप हँुदा पूर्णिमा ब्लोन तामाङले मिस कल्चरसहित भ्यूअर्स च्वाइस टाइटल जितिन् ।

प्रतियोगिताका विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पारिन् ।
भ्युअर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा मञ्जिता पाख्रिनले मिस फोटोजेनिक, प्रिन्सेस घिसिङ तामाङले मिस कन्फिडेन्ट, पूर्णमा थिङ तामाङले बेस्ट वक, सुनिता तामाङले ब्युटी विथ पर्पोज, सुप्रिया गोले तामाङले बेस्ट स्माइलको सबटाइटल पाए ।

सुमिना तामाङले मिस ट्यालेन्ट, जमुना लामाले बेस्ट स्किन एन्ड हेयरको सबटाइटल जितिन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातिको भाषा, संस्कार र संस्कृतिको प्रवद्र्धन हुने बताइन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङ, सहसंयोजक रोशिला तामाङ, राम लामा, जिता लामा, सञ्चारकर्मी सञ्जय मल्ललगायतले बोलेका थिए ।

प्रतियोगिताका निर्णायकमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा र कमला गुरुङ थिए ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारीलगायतले प्रस्तुति राखेका थिए ।

Previous Post

पोखरामा टाइगर कप : आर्मीसँग एपीएफ निरीह

Next Post

आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन