पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
लामिछानेको सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।
लामिछानेको डा. दीपक शर्मा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्य लाभ गर्दै आएका थिए ।
लामिछानेको राइट डाइरेक्ट इंगुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको अस्पतालले जनाएको छ ।






