• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१९ मा फोहर व्यवस्थापन सचेतना र कम्पोष्ट विन वितरण

नीतिप्रेस by नीतिप्रेस
January 28, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ स्थित गायत्री बहुद्देश्यीय सिकाई केन्द्र पोखराले वडा कार्यालयको सहयोगमा फोहर व्यवस्थापन सचेतनासहित कम्पोष्ट विन वितरण गरेको छ ।

कार्यक्रममा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामग्रीको उचित व्यवस्थापन भएमात्र समाज स्वस्थ बन्ने बताए । उनले फोहर वर्गीकरणका विषयमा विद्यालय र संघसंस्थाले सचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीले समुदाय केन्द्रित तालिम र अभियान सञ्चालन गर्न केन्द्रलाई सुझाव दिएका छन् ।

कार्यक्रममा एलएन्जल विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनबहादुर केसी, विन्ध्येश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, केन्द्रका सल्लाहकार लेखनाथ लामिछाने, एमाले वडा कमिटी अध्यक्ष कोमलप्रसाद बास्तोला र नेपाली कांग्रेस वडासभापति विष्णुप्रसाद बास्तोलालगायतले फोहर व्यवस्थापन मुख्य चुनौती रहेको बताए ।

संस्थाका अध्यक्ष शोभामोहन पौडेलले फोहोर व्यवस्थापनमा विशेष जोड दिनुपर्ने स्पष्ट पार्दै वर्तमान समयको शिक्षण सिकाई व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले कम्पोष्ट विनको प्रयोग र फोहोर व्यवस्थापनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

साथै केन्द्रले वडाभित्रका १० वटा सामुदायिक तथा गुठीअन्तर्गतका विद्यालयमा कम्पोष्ट विन र डस्टबिन हस्तान्तरण गरेको संस्थाको परिचालिका पवित्रा शर्माले जानकारी दिइन् ।

सिकाई केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परिचालिका शर्माले स्वागत र सञ्चालन उपाध्यक्ष वैकुण्ठ पौडेलले गरेका थिए । केन्द्रले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Previous Post

पाँचौं टाइगर कपमा आज चार खेल हुने

Next Post

पोखरामा आज तापक्रम घट्यो, कस्तो रहला मौसम ?

Next Post

पोखरामा आज तापक्रम घट्यो, कस्तो रहला मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन