• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वन डढेलो नियन्त्रणमा जुट्न सामुदायिक वन उपभोक्ता महासंघको आव्हान

नीतिप्रेस by नीतिप्रेस
January 28, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको वृद्धिको कारण यस बर्ष पनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सवैमा आव्हान गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको पूर्ण बैठकले डढेलो नियन्त्रणका लागि सम्पूर्ण वन समूह र सरोकारवाला सबैलाई आआफ्नो स्थानबाट सचेत रहन आग्रह गरेको हो ।

डढेलो नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाको प्रभावकारी कार्यान्वयन, सम्वन्धित निकायबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने बैठकले निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष विश्वनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार दैनिकरुपमा वनमा जाने गोठाला, घाँस दाउराका लागि जाने वन समूह तथा जडिवुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिसहित पैदलयात्रीलाई डढेलो विरुद्ध सचेतीकरण गर्न बैठकले जोड दिएको छ ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन पैदावार उपयोग नीतिको अभावमा वन क्षेत्र प्रत्येक बर्ष डढेलोको चपेटामा पर्ने गरेको बताए ।

झाडी, सोत्तर, दाउरा र काठको भण्डार जंगलमा खेरजाने वन पैदावार निकाल्ने सर्वसुलभ नीतिको खाँचो रहेको बताउँदै उनले सामुदायिक वन उद्यम दर्ता हुनु अपरिहार्य रहेको बताए ।

काठको कम्पोजिट प्लान्ट र पात पतिङ्गरको प्राङ्गारिक मल बनाउने उद्योग स्थापना गर्ने हो भने वन डढेलो रोकिनुका साथै हरित रोजगार सिर्जना भई आयातित काठ र मल विस्तापित गर्न सकिने उनको विश्वास थियो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले मानव, वन्यजन्तु, वातावरणलगायतको क्षेत्रमा ठूलो असर पर्ने वन डढेलो नियन्त्रणमा जुट्न उपभोक्तालाई अपिल गर्दै आगो लगाउने जो सुकैलाई भए पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

बैठकमा महासंघ प्रदेश महासचिव आसु विक, सदस्य दिनेश श्रेष्ठ, लक्ष्मी अधिकारी, जितबहादुर वस्नेत, जिल्लाका चूडामणि अधिकारी, पार्वती सुवेदीलगायत कास्की जिल्लाका पाँचवटै स्थानीय महासंघका पदाधिकारी तथा सदस्यले वन डढेलो विरुद्धमा संगठित भएर जुट्ने प्रतिवद्धता जनाए ।

यसैबीच सामुदायिक वन उपभोक्ता महासंघको टोलीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफलेसँग भेट्घाट गरी वन डढेलो नियन्त्रणमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

पोखरा महानगरको तीन स्थान र चारवटा गाउँपालिकामा एकएक गरी सात स्थानमा सामुदायिक वनका उपभोक्ताको भेला गरी डढेलोविरुद्धमा सचेतीकरण गर्नुका साथै आवश्यक प्रचारप्रसारमा जोड दिने सहमति भएको महानगर महासंघका अध्यक्ष कमल भुजेलकाे भनाइ छ ।

Previous Post

टाइगर कप : आर्मीसँग पुलिस स्तव्ध

Next Post

पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिभल एण्ड कन्सर्ट सम्पन्न

Next Post

पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिभल एण्ड कन्सर्ट सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन