पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज पनि मौसम सफा रहने अनुमान गरिएको छ । पोखरामा अहिले बिहान करिब ६ः३० बजेको तापक्रम ८ डिग्री सेल्सियस छ ।
आज पोखराको न्यूनतम् तापक्रम ७ डिग्री र अधिकतम् २२ डिग्री रहने अनुमान गरिएको छ । आज पोखराको सापेक्षित आद्रता ७५ प्रतिशत रहनेछ ।
आज दिउँसो गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा गण्डकी र कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।






