पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदैछन् ।
भैरहवामा रहेका पूर्वराजा पूर्वरानीसँगै दिउँसो गोरखपुर जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले बताए ।
पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् ।
गोरखनाथ मन्दिरमा पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सँगसँगै पूजा अर्चना गर्नेछन् ।
सो अवसरमा आदित्यनाथसँग विभिन्न समसामयिक विषयमा कुराकानीसमेत हुनेछ ।
पूर्वराजा प्रयागराजमा चलिरहेको महाकुम्भमा पनि सहभागी हुन सक्ने आकलन गरिएको छ । यद्यपि अहिलेसम्म टुंगो भने लागिसकेको छैन ।
योगी आदित्यनाथले पूर्वराजा शाहलाई सँगसँगै महाकुम्भमा लैजान सक्ने सम्भावना देखिएको छ ।
पूर्वराजाको भ्रमण करिब एक साताको हुने समेत स्रोतले बताएको छ । यद्यपि फर्कने समयको टुंगो भने लागेको छैन ।






