• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इन्द्र-हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

नीतिप्रेस by नीतिप्रेस
January 31, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र-हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए ।

आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति/बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना भएको एक लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाले हरेक दुई वर्षमा नगदसहित उक्त सम्मान अर्पण गर्दै आएको छ ।

२०६६ सालमा दोष एल्बमबाट सुगम सांगीतिक फाटमा उदाएका खनियाका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी-तड्पी मर्दा…’ ‘सबको पिरतीमा घरबार हुन्छ’लगायतका गीत चर्चामा छन् ।

लमजुङ जन्म थलो भई पोखरालाई कर्म भूमि बनाउँदै सुगम संगीतका क्षेत्रमा ख्याति कमाएर पनि झण्डै १२ वर्ष छापा तथा मुद्रण व्यवसायमा भुलेका खनियाले ‘म हराएको छैन कतै पनि’ आधुनिक गीत २०७८ सालमा सार्वजनिक गरेपछि क्रमशः गीत-संगीत क्षेत्रमा क्रियाशील छन् ।

गीतकार प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षसमेत रहेका खनियाका ‘आकाश र पातालको फरक छ’, ‘पीडा जिन्दगीको’ लगायत दर्जन गीत सदावहार चर्चामा रहने पृष्ठभूमि र परिवेश केन्द्रित छन् ।

नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती माघ २४ गतेका दिन अर्पण गरिने उक्त सम्मानबाट यस अघि डा पुष्पा केसी भण्डारी सम्मानित भइसकेकी छन् ।

Previous Post

लमजुङमा जेसीबी पल्टिदा घलेको मृत्यु

Next Post

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन हुने

Next Post

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन