• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एचपीभी खोप अभियान, पोखरा-५ का एक सय ८७ किशोरीले लगाए खोप

नीतिप्रेस by नीतिप्रेस
February 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ मा एक सय ८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने खोप (एचपीभी) दिइएको छ ।

वडाध्यक्ष विष्णुप्रसाद बरालले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अभिभावक र नागरिक अगुवालाई खोपको फाइदाबारे जनचेतना फैलाउन भूमिका खेल्न आग्रह गरे ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले विद्यालयमा अध्ययन गर्ने किशोरीलाई खोप केन्द्रमै पुगेर खोप लगाइने तथा विद्यालय बाहिर रहेका किशोरीलाई फागुन ६ गते महानगरका ४७ वटा स्वास्थ्य केन्द्रमार्फत खोप प्रदान गरिने जानकारी दिए ।

पोखरा महानगरपालिका जनस्वास्थ्य अधिकृत सुवास बास्तोलाका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने यो खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रदान गरिन्छ ।

‘शारीरिक सम्पर्क हुनुभन्दा पहिले खोप लगाउँदा यसको प्रभावकारिता ९८ देखि एक सय प्रतिशतसम्म हुने अध्ययनले देखाएका छन्’, बास्तोलाले भने ।

पोखरा महानगरपालिकाभित्र अभियानले समेट्नु पर्ने करिब २३ हजार किशोरी छन् । महानगरले दुई ७५ विद्यालयलाई खोप केन्द्र तोकी तीन सय ४४ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीलाई विद्यालयमै खोप दिने व्यवस्था गरिएको छ भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रमार्फत खोप दिइनेछ ।

नेपाल सरकारले एचपीभी खोपलाई यस वर्षदेखि राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ। आगामी वर्षदेखि प्रत्येक वर्ष कक्षा ६ मा भर्ना भएका र १० वर्ष पुगेका किशोरीलाई नियमित रूपमा खोप दिने व्यवस्था मिलाइनेछ ।

नेपालमा हरेक दिन औसत चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् ।

एचपीभी खोपलाई विश्व स्वास्थ्य संगठनले सुरक्षित र प्रभावकारी प्रमाणित गरिसकेको छ भने नेपाल औषधि व्यवस्था विभागबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित उमेर समूहका सबै किशोरीलाई निर्धक्क भएर खोप लगाउन अनुरोध गरेको छ ।

Previous Post

क्रिकेट लिगमा सांग्रिला र कास्की विजयी

Next Post

प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित

Next Post

प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन