• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो

नीतिप्रेस by नीतिप्रेस
February 5, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल पर्वतारोहण सङ्घले २२औँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा वृक्षरोपण, कविता वाचन एवंं पर्यटक पथपर्दशकलाई सम्मान गरियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी, मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले वृक्षरोपण गरे । उक्त अवसरमा राष्ट्रिय झण्डासहित नेपाल पर्वतारोण सङ्घको झण्डा झण्डोत्तोलन गरिएको थियो ।

मन्त्री पाण्डेले सङ्ग्रहालयका गतिविधिबारे जानकारी लिँदै पोखराको पर्यटनमा सङ्ग्रहालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले नेपाल पर्वतारोहण सङ्घका पूर्वसंस्थापकहरू स्व डा हर्क गुरुङ, स्व कुमार खड्ग विक्रम शाह र स्व दावानोर्बु शेर्पाको शालिकमा माल्यार्पण गरे ।

संस्कृति पर्यटन तथा नगरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटनका क्षेत्रमा परिणाम देखिने काम सरकारले गरिरहेको बताउँदै पर्वतीय पर्यटकको विकासका लागि सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालको पर्यटन र पोखरा एक सिक्काका दुई वटा पाटा रहेको बताउँदै यहाँ सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरासहित समग्र पर्यटनमा विशिष्ट योगदान गरेको बताए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्वतीय पर्यटनका विभिन्न पक्षलाई सङ्ग्रहालयमा जीवन्त चित्रण गरिएको बताए ।

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराका कार्यालय प्रमुख निर्मला न्यौपानेले पोखरामा आउने पर्यटकका लागि नछुटाउने गन्तव्यका रुपमा सङ्ग्रहालय विकास भएको बताउँदै वार्षिक दुई लाख पर्यटकले अवलोकन गर्ने गरेको जानकारी दिए ।

वरिष्ठ साहित्यकार सरुभक्तले हिमाल जोखिममा परिरहेको बताउँदै यिनीहरू सङ्कटमा पर्दा समग्र पर्वतीय पर्यटन प्रभावित हुने बताए ।

नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले पोखरा प्रकृतिको बरदान भएको बताउँदै यहाँस्थित सङ्ग्रहालय मानव निर्मित गन्तव्य भएको बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पा, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनालगायतले पर्वतीय पर्यटनका विविध पक्षबारे चर्चा गरेका थिए ।

पर्यटक पथ प्रदर्शकलाई सम्मान गरिनुका साथै मुक्तक मञ्च पोखराका अध्यक्ष अम्बिका भण्डारी, साहित्यकार पूर्णिमा प्रतिविम्बि र सुरज उपाध्यायले कविता वाचन गरेका थिए ।

Previous Post

आगोले जलेर स्याङ्जा तुलसीभञ्ज्याङकी चित्रकला अर्यालको मृत्यु

Next Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

Next Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन