• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज भीमा एकादशी व्रत गर्ने दिन, के-के छन् महत्व ?

नीतिप्रेस by नीतिप्रेस
February 8, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । माघशुक्लपक्ष तिथिमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशी झैं धार्मिक महत्व बोकेको भीमा एकादशीलाई पाप हरण गर्ने एकादशीका रुपमा मानिन्छ । यस एकादशीको ब्रतको प्रभावले मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

कलियुगमा भगवानको नाम जप्नु यज्ञ अनुष्ठान गरे बराबर हुने मान्यता छ । एकादशी तिथिलाई निकै महत्वका साथ हेरिन्छ । भीमा एकादशीको पनि सोही अनुसार महत्व रहने गरेको छ ।

त्यसैले एकादशीमा भगवानको नाम लिनु, विशेषतः भगवान बिष्णुको नाम लिने तथा आराधना गर्ने महत्वपूर्ण दिन हो । अन्य एकादशीमा जस्तै भीमा एकादशीमा पनि रात्रीमा जाग्राम बस्ने र बिष्णुको कीर्तन गर्नु पर्दछ ।

धार्मिकशास्त्रअनुसार कुन्तीपुत्र अर्थात पाँच पाण्डवमध्येका एक भीमले यस व्रत गरेका थिए । भीमबाट व्रत बसेको हुनाले यस एकादशीको नाम पनि भीमा एकादशी रहन गएको पौराणिक कथन छ । भीमले गरेको एकादशी व्रतको प्रभावले उनका सबै पितृ ऋणबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख गरिएको छ ।

शास्त्रअनुसार कुमार्गमा हुने राजाले राज्य, कुपुत्र सन्तानका कारणले कुल, दुष्ट पत्निले पति, अधर्मले धर्म, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, क्रोधले शान्ति नष्ट गर्दछ यस्तोमा भीमा एकादशीको ब्रतले यी सबैबाट मुक्ति दिलाउछ । यसका साथै भीमा एकादशीको व्रतका प्रभावले मानिसका सबै पाप नष्ट भई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त गराउने धार्मिक विश्वास छ ।

भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु पत्नी गमन जस्ता पापसमेत नाश भएर जाने गर्दछ ।

भीमा एकादशीको व्रत गर्नेलाई नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रयासक्षेत्र, गङ्गा यमुनालगायतका तीर्थ पुगे बराबर धर्म प्राप्त हुन्छ ।

भीमा एकादशीको ब्रत, कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्मन्दा ठूलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठूलो मानिएको छ ।

Previous Post

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाको तयारी

Next Post

जीप दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु, दुई नाबालक छोरा गम्भीर

Next Post

जीप दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु, दुई नाबालक छोरा गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन