पाेखरा । पश्चिमी वायुको सामान्य प्रभावका कारण गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।
आज गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अन्य भूभागमा भने मुख्यतथा मौसम सफा रहेको छ ।
बिहानीपख तराईका भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकी प्रदेश राजधानी पाेखरामा आज बिहान ९ बजेकाे तापक्रम १३ डिग्री सेल्सियस छ । आज अधिकतम् तापक्रम २१ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरिएकाे छ ।
आज पाेखराकाे सापेक्षित आद्रता ६८ प्रतिशत र वर्षाकाे सम्भावना एक प्रतिशत रहेकाे छ । बिहान ८ बजे पाेखराकाे माैसम घमाइलाे छ ।






