• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा कोटीहोम नगरि फर्किन्न : धर्मगुरु कृष्णमूर्ती

नीतिप्रेस by नीतिप्रेस
February 9, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा हुने भनिएको कोटीहोमको चर्चा उत्कर्षमा पुगेको छ । मानव सेवा फाउण्डेशले कोटीहोमको तयारी गरेसँगै यस विषयमा पक्ष र विपक्षमा चर्चा चलेको थियो ।

पोखरा महानगरपालिकाले पटकपटक सूचना निकालेर कोटीहोम गर्न नदिने जनाएको छ भने आयोजक पक्षले गरेरै छाड्ने अडान राखेको छ । यस्तै पोखराका पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले पनि कोटीहोम नगर्न आग्रह गरेको छ ।

विशेषगरी चौतारीका बर र पीपलका रुखका ठुटामात्रै बाँकी राखेर काटिएपछि विवादसमेत बढेको छ । यसलाई आयोजक पक्षले अस्वीकार गर्दै पूरानो फोटो राखेर अतिरञ्जित गरेको आयोजकले जिकिर गरेको छ । आयोजकले भनेको छ, ‘रुख हामीले काटेनौँ, पोखरा १३ को वडा कार्यालयबाट १० हजार रुपैयाँ तिरेरै पहिल्यै काटिएका दाउरा किनेका हौँँ ।’

पोखराका मेयर धनराज आचार्यले स्वीकृत नलिई आयोजित कोटीहोम गर्नै नदिने बताइरहँदा आयोजकले मेयरले भेट्ने समय नै नदिएको दावी गरेको छ । आयोजकले कोटीहोमका लागि मेयरको सचिवालयमा गत असोजमै पत्र पुगिसकेको जिकिर गरेको छ ।

आयोजकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु विजय कृष्णमूर्तीले पोखरामा श्री गण्डकी शत (सय) कुण्डीयय गायत्री कोटीहोम बिराट ज्ञान महायज्ञ गरेरै छाड्ने बताए । उनले भने, ‘अब कोटीहोम बिराट ज्ञान महायज्ञ नगरि यहाँबाट कुनै हालतमा पनि फर्किन्न ।’

उनले पोखरामा यस किसिमको कोटीहोम यसअघि नभएको र अब पनि यो पुस्ताले सम्भवत देख्न नपाउने दाबी गरे । उनले पोखरामा कोटीहोम गर्ने सोच १० बर्ष अघि नै आएको भन्दै कोटीहोम विशेष किसिमको हुने र केही महिना अघि पशुपतिमा भएको महायज्ञले पनि अद्भूत छाप जनमानसमा छोडेको बताए ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

आगमी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम हुने धर्मगुरु कृष्णमूर्तीले जानकारी दिए ।

कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशिर्वचन हुने कार्यक्रम छ ।

कोटीहोमसहितको महायज्ञ आयोजना गर्नका लागि नेपाल ट्रष्टले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि जग्गा उपलब्ध गराएको छ । मानवसेवा फाउण्डेशनले सो स्थान भाडामा लिँदै ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ भने पोखरा महानगरपालिकासँग स्वीकृति लिएर तिर्नुपर्ने करसमेत तिरेको प्रमाण फाउण्डेशनले सार्वजनिक गरेको छ ।

महानगरको विभिन्न स्थानका रुख कटान गरेर दाउरा संकलन गर्ने अभियानअन्तर्गत महानगरपालिकाका विभिन्न वडाले सिफारिस दिएर रुख कटान गरेकोमा अहिले आहिले आएर मेयर आचार्यले अनुमति नलिएको भन्नु आश्चर्यजनक भएको टिप्पणी आयोजकको छ ।

चौताराका रुखसहित अन्य स्थानका रुख काटेर संकलन गरिएका दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा संकलन गरी महायज्ञ स्थलमा जम्मा गरेकोमा अहिले महानगरले ती दाउरा नियन्त्रणमा लिएर राखेको छ ।

Previous Post

सुनको भाउ बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, हजारौँ नागरिकद्वारा भव्य स्वागत

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, हजारौँ नागरिकद्वारा भव्य स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन