• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको गठवन्धन सरकार : मुख्यमन्त्री

नीतिप्रेस by नीतिप्रेस
February 12, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेसएमालेको सरकार बनेको बताए । सरकारमा स्थायित्व भएकाले व्यवसायिक हकहितका लागि अध्यादेश ल्याएको पनि उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आठौँ प्रदेश सभाको पोखरामा उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रको सम्वर्द्धन र प्रवर्द्धनका लागि अध्यादेश ल्याएको भन्दै उनले व्यवसायीलाई लगानीमैत्री वातावरण सृजना भएको दाबी समेत गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारले निजी क्षेत्रको सम्बर्द्धन र प्रवर्द्धनका लागि प्रदेश सरकारले पनि व्यवसायीको आवश्यकताअनुरुप कानून ल्याउन र भएका कानूनसमेत संशोधन गर्न तयार रहेको बताए ।

मुख्यमन्त्रीले गण्डकी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्न र लगानीको पूर्ण सुरक्षा गर्न पनि सरकार तयार रहेको बताए ।

उनले लगानीको सुरक्षा र सुनिश्चितता तथा लगानीकर्ताको प्रतिफलका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए ।

प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक ग्राम सञ्चालनमा ल्याउने भन्दै मुख्यमन्त्रीले प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई जोड दिएको स्पष्ट पारे ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य सरस्वती अर्यालले व्यवसायीका साझा एजेण्डा सम्बोधन गरी अघि बढाएमा प्रदेश सरकारले छलफल गरी पूरा गर्ने आश्वासन दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पाथीभरामा केबलकार निर्माणमा भएको अवरोधले निजी क्षेत्र लगानी गर्न तर्सिएको बताए ।

महासंघका अर्का उपाध्यक्ष सुरथकृष्ण वैद्यले बैंकले व्याज घटाए पनि पुराना ऋणिको ब्याज घट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र अझै गतिशील हुन नसकेको बताए ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि मुलुकको आर्थिक सूचक सन्तोषजनक नभएको उनले बताए । उनले सम्पत्ति शुद्धीकरणको विधेयक पास हुन नसक्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रत्याभूति हुन नसक्दा मुलुकको आर्थिक स्थिति धराशयी बन्न सक्ने बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले निजी क्षेत्र अप्ठ्यारो अवस्थामा परिरहँदा अन्य क्षेत्र पनि प्रभावित भएको बताए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटामात्र निर्णयले विश्वको आर्थिक बजारमै हलचल आएको बेला राजनीतिक क्षेत्रबाट गरिने निर्णयमा विचार पुर्‍याउनुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा उत्कृष्ट जिल्ला नगरमा गैंडाकोट र एसोसिएटमा सूर्य नेपाल प्रालिलाई मुख्यमन्त्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, महासचिव सूर्य भुजेल, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, महिला उद्यमी सीता गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रम महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको थियो ।

Previous Post

‘भ्यालेन्टाइन डे’ मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड

Next Post

पोखराकाे नमस्ते अस्पताल आफ्नै भवनमा, १८ कराेड लगानी

Next Post

पोखराकाे नमस्ते अस्पताल आफ्नै भवनमा, १८ कराेड लगानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन