• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीद्वारा विद्यार्थी बिदाई

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाई गरेको छ ।

कक्षा ९ ले एक कार्यक्रम आयोजना गरी कक्षा १० उत्तीर्ण भई एसईईमा सहभागी हुने ३० विद्यार्थीलाई मायाको चिनो बिदाई गरेको हो ।

विद्यालयमा प्राचार्य बयान बहादुर गोदार, सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी र गोविन्द चापागाइँले एसईई परीक्षाका लागि बाँकी समयमा अत्यन्तै मेहनत गर्न र उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन विद्यार्थीलाई शुभकामना दिए ।

प्राचार्य गोदारले भने, ‘एसईईलाई फलामे ढोका मानिन्छ, यसलाई चिर्न मेहनतको खाँचो हुन्छ, तपाईंहरुले अबका बाँकी समय कडा मेहनत गरेर आफू र विद्यालयको नाम चम्काउनुपर्छ ।’

उनले अध्ययनमा बढी ध्यान दिने र एसईई परीक्षालाई धेरै दवावका रुपमा नदिन पनि उनले विद्यार्थीलाई सुझाव दिए ।

प्राचार्य गोदारको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ की नारायणी नेपालीले स्वागत र अदीति श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीले विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए ।

विद्यलयले गत माघमा पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गरेको थियो ।

फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अर्ग्यानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने कमेडी च्याम्पियन सिजन-३ का विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, निश्चल अर्याल, सन्देश देवकोटा, प्रतीक अधिकारीलगायतको कमेडी प्रस्तुति राखेका थिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।

विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

Previous Post

कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

Next Post

‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा अर्थमन्त्री पौडेलले गर्ने

Next Post

‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा अर्थमन्त्री पौडेलले गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन