पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको भाउ एक लाख ६९ हजार आठ सय रुपैयाँ थियो । सुनको भाउ बिहीबार दुई हजार तीन सय र बुधबार दुई हजार सात सय रुपैयाँ बढेको थियो ।
आज पोखरा बजारमा सुन एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथ आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदीको तोलाको पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ थियो । पोखरा बजारमा आज असली चाँदीको भाउ दुई हजार रुपैयाँ रहेको छ ।






