• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अल्फा बोर्डिङ स्कुलद्वारा पिसरन टोलीको भव्य स्वागत [तस्बिर]

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिसरन टोली शुक्रबार पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा पुग्यो ।

शनिबार पोखरामा हुने १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहभागी हुन पोखरा आइपुगेको पिसरन टाेली शुक्रबार ११ बजे अल्फा पुगेको थियो ।

पिस र्‍यालीसहित लामाचौर चोक हुँदै विद्यालय प्रवेश गरेको टोलीलाई विद्यालयले भव्य स्वागत गर्‍याे ।

समाज तथा विद्यालयमा शान्ति फैलाउने उद्देश्यका साथ टोलीले विभिन्न सन्देशमूलक कार्यक्रमसहित करिब डेढ घण्टा बितायो ।

सो अवसरमा विद्यालयका तर्फबाट स्वागत नृत्य, विभिन्न खेल तथा सन्देशमूलक प्रस्तुति प्रस्तुत गरिएको थियो। पिसरन टोलीले विद्यालयलाई मायाको चिनो प्रदानसमेत गरेको थियो ।

कार्यक्रममा पिसरन टोलीको राष्ट्रिय संयोजक श्वेता प्रधानले शान्तिको शाान्तिका लागि दौडमार्फत अन्तर्राष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामनासहित सम्पूर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको बताइन् ।

सो अवसरमा विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता सामाजिक विषयवस्तु जोडिएका कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने बताए ।

विद्यालयका सहप्राचार्य कृष्ण लम्सालका अनुसार टोलीमा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, लाटविया, जर्मनीलगायत १४ मुलुकका प्रतिनिधि थिए ।

पिसरन टोलीको स्वागतमा नवआदर्श सामुदायिक विकास संस्थाका अध्यक्ष दिनेश भण्डारी, कोपिला आमा समूह अध्यक्ष शान्ति अधिकारी, स्थानीय सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

चिन्मोई फाउण्डेसनले प्रत्येक दुई-दुई वर्षमा यस प्रकारकाे कार्यक्रम गर्दै आएकाे छ । सन् १९८७ मा स्थापित अन्तर्राष्ट्रिय फाउण्डेसनले हालसम्म एक सय ६० बढी मुलुकमा शान्ति टर्च प्रदर्शन गरेको बताइन्छ ।

तस्बिरहरु

Previous Post

युके लैजान्छु भनि ठगी गर्ने काभ्रेका दुई युवा कास्की प्रहरीको फन्दामा

Next Post

पोखरा महानगर संस्थागत क्षमता स्वमूल्यांकनमा सर्वोत्कृष्ट, कार्यसम्पादनमा निकै कमजोर

Next Post

पोखरा महानगर संस्थागत क्षमता स्वमूल्यांकनमा सर्वोत्कृष्ट, कार्यसम्पादनमा निकै कमजोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन