पोखरा । तनहुँमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं १२ बरभञ्ज्याङका ४२ वर्षीय धर्मबहादुर थापा छन् ।
आइतबार राति करिब ८ बजे तनहुँको छिर्कनेमा थापा सवार ग२१प १८७३ नम्बरकाे स्कुटर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव दमौली अस्पतालमै राखिएको र दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






