पोखरा । भारतमा गाडी दुर्घटना हुँदा श्रीमान श्रीमतीसहित तीन जना नेपालीको ज्यान गएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा छन् ।
यस्तै घाइते हुनेमा देवदह ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम् पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे छन् ।
उनीहरुको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर पठाइएको बताइएको छ ।
उनीहरु भारतको महाकुम्भ मेला स्नान गर्न गएर घर फर्किँदै गर्दा उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ ।
चालक निदाएर गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।






