पाेखरा । नेपाल इन्जिनियर एसाेसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्सबीच सम्झौता सम्पन्न भएको छ।
सिभिल इन्जिनियर तथा आर्किटेककाे सीप अभिवृद्धि तथा विद्यार्थीका लागि सीपमूलक तालिम संचालन गर्ने उद्देश्यका साथ एक वर्षका लागि सम्झाैता भएकाे एसाेसिएसन गण्डकी प्रदेश अध्यक्ष ई. सन्तोष जिसीले जानकारी दिए । सम्झौताअनुसार व्रजर पेन्ट्सले एक वर्षका लागि आठ लाख रुपैयाँ लगानी गर्नेछ।
उक्त रकम इन्जिनियरकाे व्यावसायिक दक्षता अभिवृद्धि तथा पोखरास्थित तीन इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीका लागि सीपमूलक तालिममा खर्च गरिनेछ।
सम्झौतामा नेपाल इन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश अध्यक्ष ई. सन्तोष जिसी र व्रजर पेन्ट्सका कन्ट्री म्यानेजर राजीव रोयले हस्ताक्षर गरेका छन्।
व्रजर पेन्ट्सका कन्ट्री म्यानेजर रोयले रंग मिलाएर लगाउने प्रविधि तथा यसको दीर्घकालीन टिकाउपनबारे जानकारी गराए । साथै उनले तालिम प्राप्त पेन्टरबाट मात्रै पेन्टिङ गरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा एसाेसिएसनका पूर्व अध्यक्ष ई. रमेश बास्तोलाले पनि बाेलेका थिए ।
एशाेसिएसनशका अध्यक्ष जिसीको अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापाले स्वागत, सञ्चालन सहसचिव ई. मञ्जु शिलाकारले गरेका थिए ।
एशाेसिएसनशका सदस्य ई. महेन्द्र पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए। एसाेसिएसनमा दुइ हजार तीन सय भन्दा बढी इन्जिनियर आबद्ध छन् ।






