• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले महासचिवले सुनाए पोखरामा मेयर हार्नुको कारण

नीतिप्रेस by नीतिप्रेस
February 21, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरामा भएको हारबाट पाठ सिकेर एकढिक्का हुन कास्कीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

पार्टी राजनीतिका आन्तरिक असन्तुष्टि आफैभित्र नियन्त्रण गरिनुपर्ने भन्दै उनले एकजुट नहुँदा महानगरको मेयर हार्नुपर्ने परिस्थिति बनेको उनले स्मरण गरे ।

उनले भने, ‘नेता कार्यकर्ताका मन जोडिएको र एकताबद्ध भएको भए निर्वाचनमा मेयर हार्ने, उपमेयर जित्ने हुँदैनथ्यो होला, हाम्रा मन जोडिएको भए वडामा सदस्य जित्ने, अध्यक्ष हार्ने हुँदैनथ्यो होला ।

उनले थपे, ‘नगरसभामा हामी बहुमतमा छौँ, कार्यपालिकामा हामी अल्पमतमा छौँ र आज कार्यपालिकाले हामीलाई नियन्त्रण गरिराखेको छ ।’

प्राविधिक कर्मचारी, स्वास्थ्यका कर्मचारी निकाल्ने काम भएको र पोखरामा काम हुन नसकेको भन्दै उनले हारबाट पाठ सिक्नुपर्ने बताए । उनले अनेक समस्याबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कास्कीले राम्रो नतिजा दिएको बताए ।

‘स्थानीय चुनावमा भाँचिएका मनलाई आम चुनावमा एकताबद्ध बनाउने कोसिस गर्नुभयो, कति भयो थाहा छैन तर परिणामका हिसाबले राम्रै दियो भन्ने लाग्छ,’ उनले भने, ‘तर, पनि सबैका मन खुलस्त हुन सकेका छैनन् ।’

पार्टीभित्र एकताबद्ध नभए मिसन ०८४ को उद्देश्य पूरा हुन नसक्ने महासचिव पोखरेलले बताए । सरकार सञ्चालनमा सहकार्य भए पनि आगामी निर्वाचनमा अलग-अलग लड्ने उनले बताए ।

आगामी चुनाव एक्लै लड्ने विषय बुझेर तयारीमा जुट्न कास्कीका नेता-कार्यकर्तालाई महासचिव पोखरेलले निर्देशन दिए ।

तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको उनले बताए । उनले देशको समस्या अस्थिर सरकार भए पनि तथ्य बाहिर गएर प्रचारबाजी भएको बताए । एउटै दलले बहुमत नपाउनु, साना दल धेरै हुनु, समीकरण फेरिइरहनु अस्थिर सरकारको कारण भएकोतर्फ महासचिव पोखरेलले इंगित गरे ।

छिमेकी देश चीन र भारतमा स्थिर सरकार हुँदा विकासमा फड्को मारेको र नेपालको प्रमुख समस्या अस्थिरता रहेको महासचिव पोखरेलले जिकिर गर्दै चीनमा सि जिनपिङ र भारतमा नरेन्द्र मोदीले लगातार सरकारको नेतृत्व गरेको प्रसंग सुनाए ।

महासचिव पोखरेलले भने, ‘यही सन्दर्भमा नेपालमा के भइरहेको छ तपाईं हामी सबैलाई थाहा छ, प्रधानमन्त्री फेरिइरहने, समीकरण फेरिइरहने, मन्त्री फेरिइरहने, प्रदेशमा मुख्यमन्त्री फेरिइरहने भएको छ, देश किन बनेन भन्नेमा यो यथार्थबाट बाहिर गएर अनेक प्रकारका विवेचना गर्ने, नेताहरू काम लाग्दैनन्, पार्टीहरू काम लाग्दैनन् भन्ने जुन प्रकारको भाष्य निर्माण गर्न खोजिएको छ यसलाई तत्यसंगत विवेचना गरेर बुझ्नु-बुझाउनु पर्छ ।’

माओवादीको सशस्त्र युद्धका कारण देशमा १० वर्षसम्म काम हुन नपाएको महासचिव पोखरेलको टिप्पणी थियो । गणतन्त्र स्थापना भएपछिको समयपछि काम गर्ने समयका रूपमा लिन सकिने उनको भनाइ थियो ।

‘यो समय पनि कस्तो समय रह्यो भनेर विवेचना गर्ने हो, छलफल गर्ने हो भने ठूला दलमाथि साना दलले शासन गर्ने समय बन्यो,’ उनले भने, ‘वास्तविक जनादेशको सरकार भनेको २०७४ देखि तीन वर्षको हो जुन केपी शर्मा ओलीले नेतृत्व गर्नुभयो ।’

वर्तमान समीकरणमा नेकपा (एमाले) इमान्दारिता साथ अघि बढेको महासचिव पोखरेलले सुनाए । सरकार र संसदलाई चलायमान बनाएर काम गरिरहेको महासचिव पोखरेलले जानकारी गराए ।

‘अहिले छ वटा अध्यादेश ल्याएका छौं त्यो त्यसैको परिणाम हो, संसदमा विचाराधीन विधेयकलाई तीव्रताका साथ लैजान खोजेका छौँ, समितिको परिणाम हो, दुई पार्टी नमिलेको भए यी काम गर्न सम्भव थिएन,’ उनले भने ।

Previous Post

पोखराको खाल्टेमसिनाबाट लागुऔषध र जीपसहित तीन जना पक्राउ

Next Post

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन