पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार आज बिहान करिब ६ः३० बजे वालिङ नगरपालिका वडा नं. ८ फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट उनी पक्राउ परेका हुन् ।
डीएसपी पौडेलका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको ना५ख ६६२१ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
उनको साथबाट डाइजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र फेनारागन ४५ एम्पुल गरी जम्मा एक ३५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई लागुऔषधसम्बन्धी मुद्दा दर्ताका लागि आजै अदालत पेश गरिने डीएसपी पौडेलले बताए ।






