पोखरा । नेपालमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास क्षेत्रबिन्दु भएर आज बिहान २ बजेर ५१ मिनेटमा ६ दशमलव १ म्याग्नीच्यूटको भूकम्प गएको बताइएको छ ।
सो भूकम्पको धक्का देशका अधिकांश जिल्ला र छिमेकी मुलुक चीनमासमेत महसुस भएको बताइन्छ । साथै भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।
भूकम्पबाट भवनहरु भत्किएको र केही मानिस घाइते भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।





