• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

नीतिप्रेस by नीतिप्रेस
February 28, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

पोखराको आकाशमा आज दिनभर बादलिने र वर्षा हुने सम्भाना रहेको बताइन्छ । पोखरामा आज बिहान ८ बजेको तापक्रम १५ डिग्री सेल्सियस रहेको छ भने आज अधिकतम् १८ डिग्री पुग्ने अनुमान गरिएको छ । आज पोखराको सापेक्षित आद्रता ७८ प्रतिशत र वर्षाको सम्भावना पाँच प्रतिशत छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।

कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाले गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Previous Post

आज ग्याल्पो ल्होसार मनाइँदै

Next Post

सिन्धुपाल्चोक भूकम्प : चार घण्टामा २४ वटा पराकम्पन

Next Post

सिन्धुपाल्चोक भूकम्प : चार घण्टामा २४ वटा पराकम्पन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन