पोखरा । पोखरा महानगरपालिका वडा नं १६ जोगीमणि माँझकुनास्थित रिभरसाइड बोत्तल हाउस नयाँ व्यवस्थापन, थप सेवा र सुविधाका साथ संचालनमा आएको छ।
स्थानीय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापनसहित रिभरसाइड बोत्तल हाउस संचालनमा ल्याएका हुन् ।
खोलाको छेउमा बोत्तलै बोत्तलबाट हाउस निर्माण गरिएको हो भने नयाँ साजसज्जासमेत गरिएको छ । नयाँ संरचना निर्माण गर्दा करिब डेढ करोड खर्च लागेको सञ्चालक अचार्यले जानकारी दिए ।
बोत्तल हाउसमा प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै नेपाली अर्ग्यानिक खाना तथा खाजाको स्वाद लिन सकिन्छ । हाउस टिकटकका लागि आकर्षक स्थलका रुपमा लिइएको छ ।

पार्क, स्वीमिङ पुल र बालबालिकाका लागि बालउद्यान तथा मनोरञ्जनका लागि प्रर्याप्त सामग्री हाउसमा छन् ।
ढिंकीडाँडा रिर्सोट संचालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नयाँ प्रकारको व्यवसाय संचालन गरेको बताए ।
हाउस शुभारम्भका अवसरमा फागुन २३ सम्म विशेष छुटसहितका प्याकेज उपलब्ध गराइने सञ्चालक आचार्यले बताए ।






