पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा नौ सय र असली चाँदीको १० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलामा एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँ थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ७० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, महासंघका अनुसार असली चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेर एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ एक हजार नौ सय ४० रुपैयाँ थियो ।
पोखरा बजारमा आज चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ रहेको छ ।






