पोखरा । जुम्ला केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ ।
बिहीबार राति १० बजेर २५ मिनेट जाँदा नाराकोट केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
केही दिनअघि सिन्धुपलाञ्चोक केन्द्र विन्दु भएर छ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।






