पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ ।
आज छापावाला सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घट्दा र असली चाँदीको भाउ पाँच रुपैयाँ बढेको छ ।
मूल्य घटेसँगै सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ काम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ७० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको एक हजार नौसय ८५ रुपैयाँ थियो ।
पोखरामा आज चाँदीको एक हजार नौ सय २० रुपैयाँ कायम भएको छ ।






