• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्थ-राजनीतिक विश्लेषक रोकाको कृति ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा प्रसिद्ध अर्थ-राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ । बहसमा अर्थशास्त्री प्रा. डा. लेखनाथ भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

डा. भट्टराईले वैकल्पिक आर्थिक विकास र व्यवस्थाबारेका अर्थराजनीतिक आयाममाथिको सैद्धान्तिक-वैचारिक तथा व्यावहारिक पक्षको विश्लेषण गरिएको बताए । 

उनले भने, ‘बजार अर्थतन्त्र, राज्यको भूमिका र योजना प्रणाली सम्बन्धमा शास्त्रीय, नवशस्त्रीय मार्क्सवादी किन्सियन विचारधारात्मक पक्ष-विपक्षका तर्कहरूको विहङ्गम समालोचनात्मक परिचर्चा पुस्तकमा समेटिएको छ ।’

डा. भट्टराईले भने, ‘आधारभूत तथा समसामयिक अर्थ साहित्यको गहन अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटना र तथ्याङ्कको गम्भीर विश्लेषण गरिएको छ ।’

पुस्तकले नवउदारवादी दृष्टिकोणमा पूर्ण खुला बजार अर्थतन्त्र र समाजवादी दृष्टिकोणका आधारमा पूर्ण राजकीय स्वामित्व र नियन्त्रणको अर्थतन्त्र नेपाल जस्ता मुलुकको विकासको मोडल हुन नसक्ने विचार प्रस्तुत गरेको उनको विश्लेषण थियो ।

व्यापक बहस र विमर्शका आधारमा देशभित्र बहुपक्षीय सहमति जुटाएर वैकल्पिक अर्थतन्त्रको खाका निर्माण गर्नु जरुरी भएको भन्दै भट्टराईले अन्य देशको विकास मोडल र रणनीति जस्ताको तस्तै नक्कल गरेर नेपालमा कृषिको रूपान्तरण, औद्यौगिकीकरण, वित्तीय विकास, संरचनागत परिवर्तन र दिगो विकास सम्भव नभएकोतर्फ कृतिले ध्यानाकर्षण गराएको बताए ।

लेखक हरि रोकाले लेखकले प्रश्न मात्रै उठाउने होइन, समाधान पनि दिन सक्नुपर्ने विचारले किताब लेखेको बताए । पैसाले मानिसलाई नोकर होइन, मानिसले पैसालाई नोकर बनाउनुपर्नेमा जोड दिँदै रोकाले बजारलाई नियमन गर्न सकिएन भने आर्थिक सङ्कट आउने बताए । 

अर्थतन्त्रसम्बन्धी सैद्धान्तिक, त्यससम्बन्धी आफ्नो अनुभव र आगामी दिनमा के गर्न सकिन्छ भन्ने तीन कुरा कृतिमा समेटिएको उनले जानकारी दिए ।

हामीले कृषिलाई संस्कारकै रूपमा अघि बढाउने हो भने आर्थिक उन्नतिमा धेरै समय नलाग्ने बताउँदै उनले औद्योगिकीकरणको परिभाषा र व्यवहार नै परिर्तन गर्नुपर्नेमो उनको जोड थियो । 

इतिहासमा भएको जस्तो सामन्ती अन्यायबिना नै गाउँ खाली हुनु दुःखद भएको उनले बताए । कृति बेला पब्लिकेसनले बजारमा ल्याएको हो ।

कार्यक्रममा अर्जुन पोखरेल, डा. लक्ष्मीशरण अधिकारी, भरतमणि भट्टराई, डा. श्रीकान्त खतिवडा, दीपेन्द्र बस्ताकोटी, डा. कपिल अधिकारी, लीलाराज लोहनी, गेहेन्द्रेश्वर कोइराला, गोविन्द केसी, दुर्गाबहादुर शाह ‘बाबा’, ध्रुव केसी, विमला तिमिल्सिनालगायतले टिप्पणी गरेका थिए । 

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।

Previous Post

म्याग्दी र बाग्लुङ केन्द्रविन्दु भएर गयाे दुई भूकम्प

Next Post

मोटरसाइकलको ठक्करबाट घरको पिंढीमा बसेर खाना खाइरहेका कार्कीको मृत्यु, चालक गम्भीर

Next Post

मोटरसाइकलको ठक्करबाट घरको पिंढीमा बसेर खाना खाइरहेका कार्कीको मृत्यु, चालक गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन