• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्ग बन्ने

नीतिप्रेस by नीतिप्रेस
March 10, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको निर्माण हुने भएको छ ।

एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु आवमा वडामार्फत महानगरले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिवलिङ्गको सोमबार एक कार्यक्रमका बीच पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे ।

कार्यक्रममा वडाध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समितिमार्फत नौ करोड रुपैयाँको डीपीआर तयार गरी निर्माण कार्य अघि बढाइएको बताए ।

अध्यक्ष थापाले सबै काम सम्पन्न भएपश्चात् सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने दावी गरे ।

उनले केही समयदेखि कोटीहोम विवादले पोखराको धार्मिक वातावरण बिग्रिएको भन्दै संवादबाट सबै समस्या हल गर्न आग्रह गरे ।

उनले कोटीहोमका नाउँमा हिन्दू धर्मका अनुयायीलाई विभाजित बनाउने काम भइरहेको उल्लेख गर्दै होम, यज्ञ, यज्ञादीले सबैलाई समेट्नुपर्ने बताए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराईले आफ्नो निवित्त जीवन समाजका लागि कहाँनेर प्रयोग हुन्छ त्यसका लागि प्रयोग गर्न सुझाव दिए ।

उनले स्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिँदै डीपीआर अनुसारको कार्य अघि बढाउन सबैको सहयोग र साथको आवश्यकता पर्ने औँल्याए ।

शिक्षाविद् रविप्रसाद बरालले मन र मस्तिष्कको समिश्रण नै आध्यात्म भएकाले दुवैको सन्तुलनबाट धार्मिक कार्यलाई अघि बढाउन आग्रह गरे । उनले धार्मिक कार्य व्यापारका लागि गर्न नहुनेमा जोड दिए ।

जटाशंकर धार्मिक विकास समिति अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, संस्थाका वरिष्ठ उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नंं २६ का वडासदस्य तीर्थबहादुर राजभाट, संस्थाका उपाध्यक्ष एवं गुरूयोजना संयोजक विकास रानाभाट, संस्थाका सचिव विशाल रानाभाटलगायतले बोलेका थिए ।

Previous Post

कोटीहोम विवाद सुल्झाउन वार्ता टोली गठन, होटल व्यवसायी कोटीहोमकै पक्षमा

Next Post

नेपाल हङकङसँग दुई रनले पराजित

Next Post

नेपाल हङकङसँग दुई रनले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन