पोखरा । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए ।
आफू हिन्दू राष्ट्रको पक्षमा रहेको उनले बताए । राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको उनले बताए ।
अहिले नागरिकमा जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किन सक्ने उनले दावी गरे । ।
भारतीय सञ्चार माध्यम र नेपालका सञ्चार माध्यमले पनि राजततन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिटै नै राजतन्त्र फर्किन सक्ने उनले बताए ।






