पोखरा । तनहुँमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं.२ जामुनेका ३० वर्षीय शुकबहादुर विक छन् ।
सोमबार साँझ करिब ६ः३० बजे तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ ओटाङदीस्थित भित्री कच्ची सडक खण्डमा ओटाङदीबाट हाईबेतर्फ समान पुर्याएर फर्किदै गरेको ग१त ५६८९ नं.को टयाक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
टयाक्टर चालक म्याग्दे गाउँपालिका वडा नं. २ का ४० वर्षीय प्रकाश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए ।






