• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य : आचार्य

नीतिप्रेस by नीतिप्रेस
March 19, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् ।

चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानसँगको भेटवार्ताका क्रममा आचार्यले यस्तो बताएका हुन् ।

उनले गत वर्ष पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको र पोखरामा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निरन्तरको प्रयासस्वरुप पहिलो व्यावसायिक चाटर्ड उडान गरिएको प्रमुख आचार्यले बताए ।

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्नुका साथै पोखरा भ्रमण वर्ष पनि घोषणा भएको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई पोखरासहित नेपालको भ्रमण गर्न विभाग प्रमुख लिनसँग आग्रह गरे ।

चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख लिनले दुवै देशका भूभाग हिमालको काखमा रहेका र यहाँका मौसम पनि मिल्दोजुल्दो भएको बताए ।

छन्दु–पोखरा उडानलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै उनले यसका लागि पर्यटक लक्षित योजना तयार गर्न महानगरलाई सुझाव दिए । छन्दुमा यही मे महिनामा पर्यटन व्यवसायीको सम्मेलन हुन लागेको जानकारी गराउँदै उक्त सम्मेलनमा सहभागी भई लाभान्वित हुन लिनले आग्रह गरे ।

छन्दुका लागि नेपालका महावाणिज्यदूत सुरेश राउतले सन् २०२१ देखि छन्दुमा महावाणिज्य दूतावास स्थापना भएको जनाउँदै आर्थिक कूटनीतिको महत्वपूर्ण पाटो पर्यटन पनि रहेको बताए ।

पोखरा पर्यटकीय रूपमा सुन्दर गन्तव्यका साथै आतिथ्यताका दृष्टिबाट अब्बल भएको बताउँदै उनले चीनबाट धेरै पर्यटक पठाउन आवश्यक समन्वय गर्ने उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिछुवान प्रान्तको छन्दुमा पहिलो व्यावसायिक चाटर्ड उडानपछि महानगरप्रमुख आचार्य र विभाग प्रमुख लिनबीच भेटवार्ता भएको हो ।

पोखराबाट छन्दुको नियमित उडान एवं पर्यटकीय साझेदारीलाई लक्षित गरी छलफल भएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

Previous Post

पोखरामा पहिलो पटक ‘अटो शो’ हुने

Next Post

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा धामीले मारे बाजी

Next Post

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा धामीले मारे बाजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन