• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दीप प्रज्ज्वलन गरिने

नीतिप्रेस by नीतिप्रेस
March 20, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित दुर्गा मन्दिर नवग्रह शान्ति पाठ, रुद्राभिषेक र कोटी दीप प्रज्वलन हुने भएको छ ।

मन्दिर व्यवस्थापन समितिले यही चैत २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र संमृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिका कार्यक्रम आयोजना गरेकाे हाे ।

विन्ध्यवासिनी मन्दिरका व्यासासिन पण्डित डा. भोलानारायण रेग्मी मुख्य वाचक र अन्य गुरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दीप प्रज्वलन एवं प्रसाद वितरण हुने बताइन्छ ।

कोटी दीप प्रज्ज्वलनको पूर्व सन्ध्यामा वाजा गाजा, भजनकीर्तनसहित शिव पार्वती झाँकीद्वारा छोरेपाटन बजार परिक्रमा गरिने भजन संयोजक हिमलाल उपाध्यायले बताए ।

मन्दिरमा दुर्गा माताको आराधना, पूजापाठ तथा भक्तद्वारा पूजाआजा गर्दै आइरहेका छन् । मन्दिरमा भक्तजनद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिङ्ग स्थापना गरिएको थियो ।

मन्दिरको विशेष आम्दानीको श्रोतको रुपमा भक्तजनको विशेष सहयोगमा नवदुर्गा पूजा महोत्सव, शनि त्रयोदशी, विशेष पूजा महोत्सव, मंगलचौथी पूजा एवं शिवरात्री पूजा सहयोग आदिबाट दैनिक पूजा चल्दै आएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद अधिकारी (शर्मा)ले बताए ।

पोखरा महानगरपालिका वडा नं. १७ र २२ को सिमानामा रहेको दुर्गा मन्दिर शक्तिपीठ धामको स्थापना २०३७ सालमा भएको र एकादशी तिथिको पावन दिनमा स्वर्गीय रुद्रनाथ बराल र शशीधर बरालबाट जग्गा प्राप्त गरी तत्कालीन दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको परिकल्पनामा स्थापना भएको समिति वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज बरालले बताए ।

मन्दिरमा अवनेश्वर शिव मन्दिर, गण्डकी प्रदेशको एकमात्र १०८ पिपल पुण्यधाम र सूर्यचक्र शनिदेव शीला स्थापना गरिएको छ ।

साथै विभिन्न देवीदेवताका मूर्ति विग्रह स्थापना गरी आफ्नो दैनिक पूजापाठका लागि समितिद्वारा पण्डित रामप्रसाद नेपाललाई पण्डित नियुक्ति गरी विगत वर्षदेखि दैनिक पूजापाठ एवं आराधना गरिँदै आएको उपाध्यक्ष मोहनलाल पौडेलले बताए ।

Previous Post

चीनका व्यवसायी र पोउवासंघका प्रतिनिधिबीच भेटघाट

Next Post

इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु

Next Post

इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन