पोखरा । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ । आज साताको अन्तिम दिन शुक्रबार सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ बिहीबार तोलाको एक लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ७१ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको भाउ घटेसँगै तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी तोलाको दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज पोखरा बजारमा दुई हजार २५ रुपैयाँ कारोबार भइरहेको छ ।






