पोखरा । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औँ संस्करणमा शानदार शुरुआत गरेको छ ।
शनिबार भएको खेलमा विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएपछि बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई सात विकेटले हराएको हो ।
कोलकाताले दिएको एक सय ७५ रनको लक्ष्य बेंगलुरुले १६दशमलव२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो ।
विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए । लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान एक विकेट लिए ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए । अंग्क्रिश रघुवंशीले ३० रन बनाए ।
बेंगलुरुका क्रुनाल पाण्ड्या एक्लैले चार ओभरमा २९ रन दिएर तीन विकेट लिए । जोश हेजलवूडले दुई तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले एक-एक विकेट लिए ।
याे जितसँगै बेंगलुरुले दुई अंक जोडेको छ ।
आइतबार दुई खेल हुनेछन् । जसमा दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।






