• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको लेकसिटी कलेजद्वारा नयाँ विद्यार्थीको स्वागत

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in कास्की, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । कलेजका स्नातक तह द्वितीय वर्षका विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा प्रथम वर्षमा अध्ययनरतलाई स्वागत गरिएको थियो ।

लेकसिटीले स्नातक तहमा बीबीएस, बिएएसडब्लु (समाजसेवा) र बीएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य विषयमा पठनपाठन गर्दै आएको छ ।

कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विश्वविद्यालय शिक्षाका लागि पहिलो खुड्किलाको रुपमा लेकसिटीलाई रोजेको भन्दै विद्यार्थीलाई स्वागत गरे ।

उच्च शिक्षाको यात्रा प्रारम्भ गरेसँगै विद्यार्थीले केही महत्वपूर्ण कुरा स्मरण गर्नुपर्ने अध्यक्ष पराजुलीको भनाइ थियो । ‘अब लेकसिटी कलेजमा तपाईंहरु नयाँ अवसर, चुनौती र सफलतासँग भरिएको यात्रामा प्रवेश गर्दै हुुनुहुन्छ’, उनले भने ।

विश्वविद्यालय शिक्षा धेरै सफल मान्छेको जीवन परिवर्तन गर्न कोषेढुंगाको रुपमा रहेको उनको भनाइ थियो ।

धेरैले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान विश्वविद्यालयबाट गरेको भन्दै विद्यार्थी केवल प्रमाणपत्र प्राप्त गर्ने कुरामा मात्र सीमित नभइ परिचय निर्माण र शीप विकासमा पनि केन्द्रित हुन उनले सुझाव दिए ।

पश्चिमाञ्चल फाउण्डेशनका अध्यक्ष प्राडा रामनाथ ओझाले लेकसिटी कलेज पोखराको नमुना शैक्षिक संस्थाको रुपमा विकास हुन सकेको बताए । कलेजमा विद्यार्थीको भर्ना, शैक्षिक गतिविधि र परिणामले समयसापेक्ष शिक्षा दिन लेकसिटी सफल रहेको ओझाले बताए ।

क्याम्पस प्रमुख नारायण श्रेष्ठले विभिन्न गतिविधिबारे प्रकाश पार्दै विगतमा भर्ना भएका विद्यार्थी जस्तै नयाँ विद्यार्थी पनि शैक्षिक र अतिरिक्त गतिविधिमा सक्रिय रहने विश्वास व्यक्त गरे ।
कलेजको हरेक गतिविधिलाई अघि बढाउन विद्यार्थीको सक्रियताले प्रमुख भूमिका खेल्ने भएकाले प्रशासन नयाँ सोच अनुरुप क्रियाशील भइरहेको उनको भनाइ थियो ।

सहायक क्याम्पस प्रमुख शोभकान्त सिग्देलले विद्यार्थीलाई अनुशासित भएर कलेजका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

कलेजका विद्यार्थी विज्ञानराज सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सुमिना पुन र ओशिन बरालले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुतिका रुपमा गायन, नृत्य र हास्यव्यंग्य पस्केका थिए भने कलेजले आयोजना गरेको स्पोर्टस् मिटका विजयी खेलाडीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षक र विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमना शिक्षक सुरेशराज ढकाल, रोशिना कुँवर र सुशन थापा छन् ।

यस्तै शिक्षक विष्णुप्रसाद अधिकारी र कल्पना आचार्य अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

त्रिविविको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बीए र बीबीएस चौथो वर्षका विद्यार्थीद्वय सुजता ढकाल र विक्रम थारुलाई विद्यार्थी सम्मानद्वारा सम्मान गरिएको थियो ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।

कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।

Previous Post

पोखरा मोटर ‍र्‍याली सम्पन्न

Next Post

मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

Next Post

मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन