• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन् । नेपालका लायन्स क्लबले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनले बताए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो महाधिवेशनमा भट्टले मानवीय सेवामा समर्पित पवित्र मन भएका व्यक्ति आबद्ध रहेको लायन्सले गरेको सामाजिक कार्यको प्रशंसा गरे।

‘भूकम्प, बाढीपहिरोजस्ता समस्याले ठूलो धनजनको क्षति पुर्‍याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्दै आएका छन्, त्यसमा लायन्सको भूमिका पनि अग्रणी रहेको छ’, प्रदेश प्रमुख भट्टले भने ।

लायन्स क्लबको मुख्य उद्देश्य नै समाजसेवा रहेको भन्दै उनले स्वयंसेवी व्यक्तिहरु निर्माण गर्न लायन्सको ठूलो योगदान रहेको उल्लेख गरे ।

‘समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्स जस्ता सामाजिक संस्थाले सानो उमेरदेखि नै स्वयंसेवी भावना पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने, ‘सामाजिक सेवामा लाग्ने व्यक्तिको मूल्यांकन भावी पुस्ताले पनि गर्दछ, जसले समाजमा योगदान पुर्‍याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति/संस्थाको मूल्यांकन उच्च रुपमा गर्ने गर्दछ ।’

मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नुपर्नेमा जोड दिँदै उनले हरेक मानिसलाई आफ्नो र परिवारसँगै समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने भावना जागृत गराउन आवश्यक रहेको बताए ।

पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको बताउँदै उनले यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने अवसर एवं सम्भावना र नेतृत्व निर्माण गर्नका लागि थप अवसर सिर्जना गरेको बताए ।

सन् १९१७ मा अमेरिकाको सिकागो सहरमा स्थापित लायन्स अन्तर्राष्ट्रिय एक सय आठ वर्ष लागिसकेको छ । नेपालमा पनि ५४ वर्ष पूरा भएको परिप्रेक्ष्यमा १५ वटा डिस्ट्रिक्ट अन्तर्गत २१ सय भन्दा बढी क्लब र ४४ हजार सदस्य आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट ३२५ एमअन्तर्गत देशभर एक सय ४० क्लब र तीन हजार पाँच सय बढी सदस्य छन् ।

Previous Post

पोखराको लेकसिटी कलेजद्वारा नयाँ विद्यार्थीको स्वागत

Next Post

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

Next Post
फाइल तस्बिर

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन