• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा दुई हजार आठ सय ९७ मत खसेको बताइएको छ ।

क्याम्पसमा नौ हजार दुई सय ७० मतदाता भए पनि न्यून संख्यामा मत खसेको हो । बिहान ८ बजे शुरु भएको मतदान ४ बजे सम्पन्न भएको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । निर्वाचन यसअघि विविध कारणवश निर्वाचन स्थगित भएकाे थियाे । राष्ट्रियस्तरमै चर्चामा रहेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि आज बल्ल निर्वाचन भएकाे हाे ।

देशैभर एकैपल्ट गत ५ चैतको निर्धारित चुनावमा मतदान सुरु हुनैलाग्दा मतपत्रमा त्रुटि भेटिएपछि उत्पन्न विवादले चुनाव रोकिन पुगेको थियो । मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुटेपछि विवाद सिर्जना भएको हो । त्यसक्रममा विद्यार्थीले नाराबाजी गरेका थिए ।

निर्वाचन अधिकृत प्राडा पोखरेलले भोलिपल्ट ६ चैतका लागि मतदानको कार्यतालिकासहित सूचना जारी गरे पनि ५ गते साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि अर्को सूचना जारी गर्दै अनिश्चितकालसम्म चुनाव स्थगन गरेका थिए ।

मतपत्रमा त्रुटिको विषयमा निर्वाचन समितिले आत्मालोचनासमेत गरेको थियो । क्याम्पसमा एकछत्र चुनाव जित्दै आएको अनेरास्ववियुले चुनाव भाँड्न अनेक प्रपञ्च रचिएको भन्दै तत्काल निर्वाचन माग गर्दै सांकेतिक विरोधसमेत गरेकाे थियाे ।

चैत ६ गते निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठक बसेर आजका लागि नयाँ मिति तोकेको थियो ।

पृथ्वीनारायण क्याम्पसमा २२औं स्ववियु अध्यक्षका लागि दुई स्वतन्त्रसहित आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । २१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ । निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल र काँग्रेस निकट नेविसंघका सुशील न्यौपाने नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले कडा टक्कर दिएकाे बताइएको छ ।

स्ववियु अध्यक्ष पदका लागि मा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मीलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ र स्वतन्त्र विप्लवी न्यौपाने पनि स्वतन्त्र उम्मेदवार छन् ।

पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक नेता जन्माउने थलोका रुपमा पनि लिने गरिन्छ । यही क्याम्पसमा स्ववियु अध्यक्ष बनेका पूर्वमन्त्री रवीन्द्र अधिकारी, पोखरा महानगरपालिकाका वर्तमान मेयर धनराज अधिकारी पनि हुन् ।

Previous Post

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

Next Post

छोरीलाई सामान पुर्‍याउन हिंडेका पाल्पाका मेघनाथ कालीगण्डकीमा हामफालेर बेपत्ता

Next Post

छोरीलाई सामान पुर्‍याउन हिंडेका पाल्पाका मेघनाथ कालीगण्डकीमा हामफालेर बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन