काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८औँ संस्करणको दोस्रो खेलमा पाँच सय २८ रन बनेको छ ।
उक्त हाइस्कोरिङ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ ।
हैदराबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले छ विकेटको क्षतिमा दुइ सय ८६ रन बनायो ।
इशान किशनले ४७ बलमा अविजित रहँदै एक सय छ रन बनाए । त्यस्तै ट्राभिस हेडले ३१ बलमा ६७ रन जोडे ।
हेन्रिच क्लासेनले १४ बलमा ३४ रन बनाए । तुशार देशपाण्डेले तीन विकेट लिए ।
जवाफमा राजस्थानले छ विकेटको क्षतिका दुइ सय ४२ रन बनायो । ध्रसव जुरेलले ३५ बलमा ७०, सन्जु साम्सनले ३७ बलमा ६६, शिम्रन हेटमायरले २३ बलमा ४२ तथा शुभम दुबेले ११ बलमा अविजित रहँदै ३४ रन जोडे । सिम्रनजीत सिंह र हर्षल पटेलले दुइ-दुइ विकेट लिए ।






