पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा छ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
सुनको भाउ आइतबार तोलामा एक लाख ७४ हजार एक रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा भने आज सुनको भाउ एक लाख ७४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा एक हजार नौ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।
पोखरा बजारमा आज चाँदी दुई हजार १० रुपैयाँमै कारोबार भइरहेको छ ।






