पोखरा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरका सरसफाइ कर्मचारीले हप्ताभित्र तलब नपाए टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा केही अघि स्टाटस् लेख्दै उनले यस्तो चेतावनी दिएका छन् । उनले चेतावनी कसलाई दिएका हुन् भन्ने कुरा स्पष्ट छैन । तर उनको आशय सरकारप्रति हो भन्ने बुझिन्छ ।
सरकारको दम्भले कर्मचारीले तीन महिनमदेखि तलव नपाएको उनले उल्लेख गरे ।
उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको केके तन्त्र हो!!’






