पोखरा । पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलस्थित डाँडाघरे दोहोरी साँझमा आगलागी भएको छ ।
आज बिहान करिब ४ बजे आगलागी भएको थियो । उक्त आगो करिब एक घण्टामा नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीबाट दोहोरी साँझको संरचनामा आंशिक क्षति पुगेको बताइएको छ ।\
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।






