गोरखाका दिनेशसहित आठ बालक पक्राउ
पोखरा । स्कुटर जलाउने र चोरीमा संलग्न आठ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखराको दीप बस्ने २० वर्षका दिनेश गुरुङसहित आठ छन् ।
पक्राउ परेका अन्य सात जना १३ देखि १६ बर्ष उमेर समूहका भएकाले प्रहरीले सार्वजनिक गरेको छैन ।
कास्की प्रहरीका अनुसार यही चैत १३ गते राति पोखरा महानगरपालिका वडा नं. २० भलामस्थित घरमा पार्किङ गरी राखिएको ग१ प ७५३७ नम्बरको स्कुटर चोरी भएको थियो । स्कुटर चोरीको सूचना पाएको प्रहरीले अनुसन्धान गर्नका लागि जिल्ला र वडा प्रहरी कार्यालय बगरबाट टोली खटाएको थियो ।
अनुसन्धानकै क्रममा चैत १६ गने दिउँसो लामाचौरस्थित माथिल्लो दीपमा दुई जना बालकले स्कुटर चलाएको अवस्थामा ग८प ५४२९ नम्बरको फेला पारेको पारेको थियो । प्रहरीले चेकजाँचका क्रममा उक्त स्कुटर चोरीको भएको पाइएको थियो । प्रहरीका अनुसार उनीहरुले चैत १४ गते राति हल्लनचोकस्थित सडकमा पार्किङ गरी राखेको स्थानबाट स्कुटर चोरी गरेको बताएका थिए ।
तीन दुई बालकलाई स्कुटरसहित नियन्त्रणमा लिएर प्रहरी थप अनुसन्धानमा जुट्यो । दुई बालकले विभिन्न मितिमा विभिन्न स्थानबाट पूराना मोडलका स्कुटर चोरी गर्ने र केही दिन चलाई अन्यत्र स्थानमा लगी छाड्ने गरेको खुलेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुले स्कुटर छोडेको भन्ने स्थानमा पुगेर अनुसन्धान गर्दा १० वटा स्कुटर बरामद भएको डीएसपी शर्माले जानकारी दिए । बरामद भएका स्कुटर सबै डीयो ब्राण्डका छन् ।
यता, गत फागुन १३ गते राति पोखरा २० भलामस्थित घर अगाडि सडक किनारामा पार्किङमा राखेको ग११प ७५३७ नम्बरको स्कुटर पनि उनीहरुले चोरी गरेको पाइएको छ । उनीहरुले नागथान भन्ने स्थानको एकान्त ठाउँमा राखी स्कुटर चलाउँदै आएको थिए । फागुन १६ गते उनीहरुले नै चलाई पोखरा-१३ वडाको डाँडा कटेरी भन्ने स्थानमा पुर्याउँदा स्कुटर बिग्रिएपछि स्कुटरको ट्याङ्कीमा आगजनी गरिदिएको पाइएको प्रहरीले जनाएको छ । सो स्कुटर आफ्नो भएको दावी गर्दै पत्रकार ओम हमालले सामाजिक सञ्जालमा राखेका छन् ।
पक्राउ परेका आठै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।






