पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदै छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी थाइल्याण्ड जान लागेका हुन् ।
थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।
भ्रमणका क्रममा नेपाल सरकार र थाइल्याण्डबीच पर्यटन, संस्कृति, औषधि, कृषि र शिक्षा गरी पाँच क्षेत्रमा समझदारी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा समझदारी हुनुका साथै शिक्षा क्षेत्रमा छाात्रवृत्तिलगायतमा समझदारी हुने बताइएको छ ।






