पोखरा । म्यानमारमा शुक्रबार गएको ७ दशमलव९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ ।
सोमबार देशको राज्य प्रशासन परिषद् सूचना टोलीले यसबारेमा जानकारी गराएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा थप जीवन बचाउन अन्तर्राष्ट्रिय र घरेलु उद्धारकर्ता लागिपरेका छन् ।
चिनियाँ सरकारले प्रस्ताव गरेको विपद् राहत सामग्रीको पहिलो समूह सोमबार म्यानमार पुगेको छ ।
म्यानमारमा नेपालले पनि सहायता उपलब्ध गराउने भएको छ ।






