• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकीका मन्त्री थापाद्वारा सामाजिक सेवामा ७९ लाख खर्च

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा-सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् ।

मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा-सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।

“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हाे, मैले पाएको सेवा-सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने।

मन्त्री थापाका अनुसार २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार पाँच सय ४३ रुपैयाँ प्राप्त गरेका छन् । यसै अवधिमा उनले सामाजिक कार्यमा ७९ लाख ४२ हजार तीन सय ९० रुपैयाँ खर्च गरेका छन् ।

मन्त्रीको थापाको बैंकको खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः सात लाख नाै हजार एकसय ३५ रुपैयाँ, छ लाख १० हजार छ सय ३९ रुपैयाँ १० पैसा, आठ लाख ५९ हजार आठ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार तीन सय ६० रुपैयाँ २९ पैसा, पाँच लाख २५ हजार दुइ सय ४७ रुपैयाँ, आठ लाख ९६ हजार, नाै लाख ९० हजार ९४ रुपैयाँ गरी जम्मा ५८ लाख ५८ हजार पाँच सय ४३ रुपैयाँ जम्मा भएको छ ।

यसै अवधिमा मन्त्री थापाले सामाजिक कार्यमा पहिलो वर्षदेखि हालसमम्म क्रमशः १० लाख ५४ हजार छ सय ५५, नाै लाख तीन हजार सात सय एक रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार नाै सय ७० रुपैयाँ, ११ लाख ३६ हजार सात सय रुपैयाँ, ११ लाख १२ हजार रुपैयाँ, १० लाख एक हजार तीन सय २४ रुपैयाँ गरी जम्मा ७९ लाख ४२ हजार तीन सय ९० रुपैयाँ खर्च गरेका छन् ।

उनले सेवा-सुविधाबाट प्राप्त रकम शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवर्द्धन, महिला तथा युवा सशक्तीकरण, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता कार्यमा लगाएको बताए।

प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन संघीय सरकारले आवश्यक कानूनी व्यवस्थासहित आत्मनिर्भर बनाउने पहल गर्नुपर्ने उनको भनाइ छ।

“प्रदेश सरकारले स्रोत र साधनको सीमितताबीच जनअपेक्षाअनुसार काम गरिरहेको छ तर, सिंहदरबारको ढिलासुस्तीले योजना कार्यान्वयनमा समस्या देखिएको छ”, उनले भने ।

मन्त्री थापाले हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट ‘फ्राइडे फर फ्यूचर’, ‘सिक्दै कमाउँदै’, योग तथा ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’, प्राविधिक शिक्षाको पूर्वाधार निर्माण, महिला तथा युवा सशक्तीकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए ।

यस्तै, भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक सदनमा छलफलको क्रममा रहेको पनि उनले जानकारी दिए ।

अपाङ्ग भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पहिलो पटक हामीले नै अघि बढेको र दलित अधिकार तथा सशक्तीकरण विधेयक पनि सैद्धान्तिक छलफलपछि विषयगत समितिमा गइसकेको उनले बताए । विधेयकले कानूनी रुप लिएपछि त्यसले गण्डकी प्रदेश सरकारलाई काम गर्न अझ सहज बनाउने मन्त्री थापाको विश्वास छ ।

मन्त्री थापाले नेपाली कांग्रेसले लोकतन्त्र र संविधान स्थापनामा खेलेको भूमिकाको स्मरण गर्दै सरकारको पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकता दिने बताए । “हामी सस्तो प्रचारबाजीबाट टाढा रहन्छौँ, काम गरेर जनताको मन जित्न चाहन्छौँ”, उनले भने।

मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा-सुविधाका रकम जनहितमा खर्च गर्ने घोषणा गरेअनुसार सरकारी आवास प्रयोग नगर्ने, थप सुविधा नलिने र पारदर्शिता कायम राख्ने प्रतिज्ञा पूरा गरिरहेको बताए ।

“सरकारले ठूला आयोजना कार्यान्वयन गर्दा कतिपय छुटेका साना तर महत्वपूर्ण विषयको सम्बोधन मैले गरेको छु”, उनले भने।

गण्डकी प्रदेश सरकारले आगामी दिनमा सुशासन, समृद्धि, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धतासहित अघि बढेको उनको भनाइ छ।

Previous Post

‘नाङ्गो भइसकेको तीनकुने घटना झैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छ’

Next Post

प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

Next Post

प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन